मोरङ : मोरङ मिक्लाजुङ गाउँपालिका-३ स्थित सुन्दरी चौकबाट प्रतिबन्धित औषधी सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मिक्लाजुङ गाउँपालिका-४ का २१ वर्षीय विदुर राई र उर्लाबारी नगरपालिका-३ का २२ वर्षीय विक्रान्त अधिकारी रहेका छन् ।

हिजो बेलुका ७ बजे इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई प्रतिबन्धित औषधी Tramadol Capsule २८८२ र Spas pain Tablet २९२० सहित पक्राउ गरेको हो।

पक्राउ परेका उपर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।