धरान : धरानको वडा नं. १६ अन्नपूर्ण चोकमा रहेको युएन/नबोदय कलेजले भाद्र-३ गते बिहीबार माध्यमिक शिक्षा परीक्षा एसइई उत्तीर्ण भएका बिद्यार्थीहरुको कक्षा-११ मा भर्ना हुनका लागि प्रवेश परीक्षा लिने भएको छ।

कोभिड-१९ सङ्क्रमणको खतरा यथावत् नै रहेकाले स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गरेर प्रवेश परीक्षा लिइने क्याम्पस प्रमुख/प्रिन्सिपल डम्बर कुमार तुम्बापोले जानकारी दिए।

प्रवेश परीक्षा बिहान ९ बजेदेखि सुरु हुने कलेजले जनाएको छ। कलेजले यसै शैक्षिक सत्रबाट साइन्स, कम्प्युटर साइन्स र फुड एन्ड न्युट्रीसन गरी तीन वटा नयाँ विषयहरू थप गरेको समेत जानकारी दिएको छ।

एक दशक अगाडि स्थापना भएको कलेजले छोटो समयमा नै म्यानेजमेन्ट र होटेल म्यानेजमेन्टमा प्रदेश १ टप गरी छुट्टै पहिचान बनाउन सफल भएको दाबी गरेको छ। प्रदेश नम्बर १ का विभिन्न जिल्लाका एसइई टपरहरुको रोजाइमा पर्दै आएको युएन नबोदय कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै बिद्यार्थीहरुको शारीरिक, मानसिक र बौद्धिक विकासका लागि विभिन्न प्रकारका अतिरिक्त क्रियाकलापमा जोड दिँदै आएको तुम्बापोले बताए।

मिस पुर्वान्चल, मिस धरान जस्ता विभिन्न इभेन्टमा भाग लिई उत्कृष्ट हुन सफल बिद्यार्थीहरु समेत यसै कलेजमा अध्ययनरत रहेको क्याम्पस प्रमुख/प्रिन्सिपल तुम्बापोले बताए । 'हामीले गुणस्तरीय शिक्षा त प्रदान गरेका छौ नै, बिद्यार्थीहरुको समग्र विकासका लागि अन्य अतिरिक्त क्रियाकलापमा पनि हौसला प्रदान गर्दै विशेष जोड दिन्छौ, त्यसैले बिद्यार्थीहरुको रोजाइमा यु।एन।नबोदय कलेज पर्दछ' उनले भने ।

यसै शैक्षिक सत्रबाट विज्ञान सङ्काय भित्र्याएकोले सीमित विद्यार्थी मात्र लिएर वेस्ट रिजल्ट दिने तयारीमा कलेज रहेको तुम्बापोले बताए।

UN-entrance