झापा : झापा जिल्लाको बिर्तामोड नगरपालिका-५ नयाँ बसपार्क मिलन चौकबाट लागूऔषध ब्राउन सुगर सहित २ जना युवालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका-५ का २७ वर्षीय मनोज चौधरी र बिर्तामोड नगरपालिका ५ का २३ को सुमन तामाङ रहेका छन् ।

आज दिउसो १२ बजे लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूऔषध ब्राउन सुगर २० ग्राम र उनीहरूले प्रयोग गरेको मे२प ८६८६ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।