धरान : बजाज ब्राण्डका मोटरसाइकलको आधिकारिक विक्रेता अर्बिन एण्ड ब्रदर्स अटोले धरानमा अत्याधुनिक सुविधा सम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ।

धरान-८ भोटेपुलमा रहेको नयाँ भव्य सोरुमको मङ्गलवार हंसराज हुलासचन्द एण्ड कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले एक कार्यक्रमका बिच उद्घाटन गरे । उद्घाटन कार्यक्रममा हंसराज हुलासचन्द एण्ड कम्पनीका महाप्रबन्धक योगेन गुरुङको पनि उपस्थिीती रहेको थियो।

लामो समय धरानको बरगाछीमा भाडाको घरबाट सञ्चालन भएको सोरुम अब आफ्नै जग्गामा सरेको अर्विन एण्ड ब्रदर्स अटोका सञ्चालक लक्ष्मण तामाङले जानकारी दिए।

सोरुम सँगै स्पेयर्स, पार्टसको पनि अत्याधुनिक शोरुम सञ्चालन ल्याइएको सञ्चालक अर्बिन तामाङले बताए। नयाँ सोरुमबाट ग्राहकलाई छिटो छरितो र आधुनिक सेवा प्रदान गर्न सकिने तामाङले बताए ।

वर्तमान उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाका छोरा समेत रहेका हंसराज हुलासचन्द एण्ड कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले नयाँ सोरुमबाट प्रदान हुने सेवाले बजाज प्रतिको विश्वास झन् बढेर जाने बताए । उनले बजाजले सधैँ आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएकोमा नयाँ सोरुमले सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउन उद्देश्यलाई सार्थक बनाउन सहयोग गर्ने बताए ।

हंसराज हुलासचन्द एण्ड कम्पनीका महाप्रबन्धक योगेन गुरुङले हामी धरानमा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न भएको बताए। बजाजका ग्राहकहरू निरन्तर वृद्धि भइरहेको र ग्राहकलाई उत्कृष्ट सुविधा प्रदान गर्न नयाँ शोरुम सफल हुनेमा आशावादी रहेको बताए ।

नयाँ शोरुम उद्घाटनको अवसरमा ग्राहकहरूलाई विभिन्न उपहारको व्यवस्था पनि गरिएको अर्विन एण्ड ब्रदर्स अटोका सञ्चालक लक्ष्मण तामाङले जानकारी दिए ।

Golchha-newArbin-new-showroom-1arbin-new-3