विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८४१ जनामा कोरोना सङ्क्रमण देखिएको छ। १ हजार ५१४ जनाको पीसीआर परीक्षण गर्दा ३९६ र १ हजार ४७५ जनाको एन्टिजेन परीक्षण गर्दा ४४५ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापा र मोरङमा १३५-१३५, सुनसरीमा ८२, इलाममा २१, धनकुटामा १०, भोजपुरमा ३, पाँचथर, उदयपुर र तेह्रथुममा २-२, ताप्लेजुङ र खोटाङमा १-१ र प्रदेश १ बाहिरका २ जनामा सङ्क्रमण देखिएको हो ।

झापाको दमकमा ५९, बिर्तामोडमा २०, अर्जुनधारामा १३, मेचीनगरमा ११, शिवसताक्षीमा ८, कनकाई र भद्रपुरमा ७-७, कमल गाउँपालिकामा ४, गौरादह र बुद्धशान्तिमा ३-३, मोरङको विराटनगरमा ५१, लेटाङमा २३, बेलबारीमा २२, पथरीशनिश्चरेमा १६, उर्लाबारीमा १०, सुन्दरहरैचामा ४, रतुवामाईमा ३, रङ्गेली र मिक्लाजुङमा २-२, कानेपोखरी र केराबारीमा १-१, सुनसरीको इटहरीमा ४८, धरानमा २७, इनरुवामा ३, बराहक्षेत्रमा २, भोक्राहानरसिंह र स्थानीय तह नखुलेका १-१, इलामको रोङमा १३, इलाम नगरपालिकामा ४, चुलाचुलीमा २, सूर्योदय र सन्दकपुरमा १-१, धनकुटाको धनकुटा नगरपालिकामा ६, पाख्रिवासमा २, साँघुरीगढी र स्थानीय तह नखुलेका १-१, भोजपुरको षडानन्दमा १ र स्थानीय तह नखुलेका २, पाँचथरको फिदिम र फालेलुङमा १-१, उदयपुरको त्रियुगामा २, तेह्रथुमको म्याङलुङमा २-२, ताप्लेजुङ र खोटाङमा १-१ र प्रदेश १ बाहिरका २ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा आज ४०९ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा २१७ महिला र १९२ पुरुष रहेका छन । पछिल्लो २४ घण्टामा ११ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ७ महिला र ४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।