धरान : धरानमा भदौ ४ गतेदेखि १३ गतेसम्म लकडाउन गर्ने निर्णय भए सँगै सो लकडाउनको विरुद्धमा युवाहरूले भानुचोकमा विराध प्रदर्शन गरेका छन् ।

धरान उपमहानगरपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालय सुनसरीले भदौ ४ गतेदेखि १३ गतेसम्म लकडाउन गर्ने निर्णय गरे पछि सो निर्णयप्रति धरानका युवा, मजदुर, विद्यार्थी, व्यवसायी र सवारी साधन चालकहरूले विरोध प्रदर्शन गरेका हुन्।

बुधवार दिउँसो धरानका मेयर तिलक राईलाई संयुक्त मजदुर युवाहरूले लकडाउनको निर्णय खारेज गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका थिए भने साँझ भानुचोकको लोकतान्त्रिक चौतारीमा आएर उनीहरूले शान्तिपूर्ण साङ्केतिक विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनी टोलीले 'गरिखान देऊ, लकडाउन गर्न पाइँदैन, मजदुरहरूलाई मार्न पाइँदैन' लेखिएका ब्यानर तथा प्ले कार्डहरू सहित प्रदर्शन गरेका थिए भने 'यस्तो निर्णय चाहिँदैन, गरिबलाई न्याय दे, गरिबमारा लकडाउन बन्द गर' आदी नारा लगाएर उनीहरूले नाराबाजी गरेका थिए । उनीहरूले मेयर राईविरुद्ध पनि चर्को नाराबाजी गरेका थिए।

लकडाउन गर्दा पनि व्यवस्थित तरिकाले गरिनु पर्ने उनीहरूको माग थियो । १० दिन हिँड्न नै नदिने भनिएको छ सामान्य मजदुरले कसरी बाँच्नु ? भन्दै उनीहरूले ४५ मिनेट प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा सहभागी युवा व्यवसायी रोहित आर्चायले भने 'कोरोना महामारी युज टु जस्तो भइसकेको छ । सुरक्षामा कडा पारिहोस् हामी सजाय भोग्न तयार छौ तर, लकडाउन मान्न तयार छैनौ ।'

प्रदर्शनमा सहभागी एक युवाले भने 'सरकारी कार्यालय बन्द भए पनि कर्मचारीहरूको भत्ता आउँछ हाम्रो व्यापार बन्द भए पछि हामी चैँ के खानु ?' गरिबको घरमा त मजदुरले मजदुर गर्न नपाउँदा घरमा आगो नै बल्दैन त्यसैले लकडाउन अव्यवस्थित भएको उनको ठहर छ।

यस्तै कमला राई, विशाल लिम्बु, सविन राई लगायतका युवाहरूले नगरपालिकाले घरभाडा तिरिदिए, स्कुलहरूले शुल्क मिनाहा भए र राहत प्याकेज भए मात्र लकडाउन स्विकार्न सकिने बताए । नभए हामी यस्तो निर्णय मान्न तयार नभएको बताए।

सीमा नाका र जोगवनी बजार समेत खुल्ला हुँदा धरानमा चैँ किन लकडाउन ? भन्दै उनीहरूले प्रश्न गरेका थिए।

luckdown-birod-2