विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८१३ जनामा कोरोना सङ्क्रमण देखिएको छ। १ हजार २४५ जनाको पीसीआर परीक्षण गर्दा ३६९ र १ हजार ६७५ जनाको एन्टिजेन परीक्षण गर्दा ४१७ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १२७, मोरङमा ११८, सुनसरीमा ९०, पाँचथरमा १०, इलाम, धनकुटा र उदयपुरमा ६-६, सङ्खुवासभामा २ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण देखिएको हो।

झापाको दमकमा ३१, बिर्तामोडमा २९, अर्जुनधारा र शिवसताक्षीमा १२-१२, मेचीनगरमा ९, कनकाईमा ८, गौरादह र बुद्धशान्तिमा ७-७, भद्रपुरमा ५, हाल्दिबारी र कमल गाउँपालिकामा ३-३, बाह्रदशीमा १, मोरङको विराटनगरमा ५०, सुन्दरहरैचामा ३९, उर्लाबारीमा ९, लेटाङ र केराबारीमा ४, पथरीशनिश्चरे र ग्रामथानमा ३-३, कानेपोखरी र बेलबारीमा २-२, रङ्गेली र बुढीगंगामा १-१, सुनसरीको इटहरीमा ४६, धरानमा २९, रामधुनीमा ५, दुहबी र इनरुवामा ३-३, हरिनगर, वराहक्षेत्र, कोसी गाउँपालिका र स्थानीय तह नखुलेका १-१, पाँचथरको फिदिममा ९, याङवरक १, इलामको फोकफोकथुममा ३, सूर्योदय, सन्दकपुर र चुलाचुलीमा १-१, धनकुटाको धनकुटा नगरपालिकामा ६, उदयपुरको बेलकामा २, उदयपुरगढी, त्रियुगा, चौदण्डीगढी र स्थानीय तह नखुलेका १-१, सङ्खुवासभाको धर्मदेवी र स्थानीय तह नखुलेका १-१ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ५१६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २४६ महिला र २७० पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा ८ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।