विराटनगर : धरानमा २३ जना सहित प्रदेश १ मा ७६९ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

१ हजार ४१३ जनाको पीसीआर परीक्षण गर्दा ४२९ र १ हजार ३२५ जनाको एन्टिजेन परीक्षण गर्दा ३४० जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४९, मोरङमा १४५, सुनसरीमा ८६, इलाममा १६, पाँचथरमा १२, धनकुटामा ८, उदयपुरमा ३, भोजपुरमा २, सङ्खुवासभा र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ६ जनामा सङ्क्रमण देखिएको हो ।

झापाको दमकमा ३२, बिर्तामोडमा २८, भद्रपुरमा १८, अर्जुनधारामा १७, मेचीनगरमा १२, कनकाईमा १०, शिवसताक्षीमा ९, बुद्धशान्तिमा ८, हल्दिबारीमा ५, कमल गाउँपालिकामा ४, गौरादहमा ३, गौरीगञ्जमा २ र स्थानीय तह नखुलेका १, मोरङको विराटनगरमा ४५, पथरीशनिश्चरेमा ३१, लेटाङमा १७, बेलबारीमा १४, सुन्दरहरैचामा १३, उर्लाबारीमा ८, बुढीगंगामा ५, रंगेली र कानेपोखरीमा ३–३, मिक्लाजुङ र रतुवामाईमा २–२, कटहरी र केराबारीमा १–१, सुनसरीको इटहरीमा ४३, धरानमा २३, वराहक्षेत्रमा ५, इनरुवामा ४, राम धुनी, हरिनगर, दुहबी र बर्जूमा १–१ र स्थानीय तह नखुलेका ७, इलामको इलाम नगरपालिकामा ११, मांसेबुङ र चुलाचुलीमा २–२, फाकफोकथुममा १, पाँचथरको फिदिममा ८, कुम्मायकमा ३, फाल्गुनन्दमा १, धनकुटाको धनकुटामा ४, छथरजोरपाटीमा २, साँगुरीगढी र शहिदभूमीमा १–१, उदयपुरको उदयपुरगढीमा २ र स्थानीय तह नखुलेका १, भोजपुरको भोजपुर नगरपालिका २, सङ्खुवासभामा १, तेह्रथुमको म्याङ्लुङमा १ र प्रदेश १ बाहिरका ६ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४८५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २५२ महिला र २३३ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा ८ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।