धरान : गत साँझ ६:३० बजे सुनसरीको बराहक्षेत्र ९ कौवाटोल स्थित राजावास धरहरा टपन जाने भित्र सडक खण्डमा राजाबास तर्फ आउँदै गरेको बा २ झ ३३७१ नम्बरको बराह नगरपालिकाको उपमेयर कमला मगरले प्रयोग गर्ने स्कारपियोले ५ वर्षीय वर्षा भुजेललाई ठक्कर दिँदा बालीका घाइते भएकी छिन्।

घाइते वर्षाको उपचार बराहक्षेत्रको नगर अस्पताल चक्रघटीमा हुन नसके पछि वर्षाको थप उपचारको लागि धरान बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ।

बराहक्षेत्र-७ बस्ने ३१ वर्षीय सुमन मगरले लापरबाही गरी सवारी साधन चलाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। स्कारपियो चालक सुमन प्रहरी नियन्त्रणमा छन्।

यस्तै, गए राती ७ बजे सुनसरीको कोसी गाउँपालिका-३ स्थित भित्री सडक खण्डमा प्र१-०१-०२-४५ प २८२४ को मोटरसाइकलले पैदल यात्री ६ वर्षीय को रुक्सना खातुनलाई घर अगाडि खेली रहेको अवस्थामा सो मोटरसाइकलले ठक्कर दिँदा खातुन घाइते भएका हुन्। घाइतेको इनरुवा अस्पतालमा उपचार भइरहेको छ भने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

सुनसरीको धरान उपमहानगरपालिका १३ पानी ट्याङ्की स्थित कोसी राजमार्गमा मा पनि गए राती ६:१० को २६प ८२८८ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई पार्किङ गरेर राखेको को २ ह १५६८ नम्बरको अटोमा ठोकिदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा मोटरसाइकल चालक धरान-१३ बस्ने १६ वर्षीय एलिस राई घाइते भएका हुन् । घाइते राईको धरान बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार भइरहेको छ। सवारी चालक अनुमति प्रमाण पत्र नभएको तथा मापसे गरी तीव्र गतिको कारण दुर्घटना भएको बुझिएको छ।