धरान : झापाको बिर्तामोड नगरपालिका ९ देवकोटा चौकबाट ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका ८ का २० वर्षीय गोपाल विश्वकर्मा र इलाम माई नगरपालिका ६ घर भई हाल बिर्तामोड नगरापालिका-८ मा डिडीआर फार्मेसी सञ्चालन गरी बस्ने २० वर्षीय भीष्म बुढाथोकी रहेका छन् ।

हिजो बेलुका साढे ४ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ब्राउन सुगर ५ ग्राम ५१० मिलिग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जना माथि थप अनुसन्धान भइरहेको छ ।