विराटनगर : सुनसरीमा ६६ जना सहित प्रदेश १ मा ४७९ जनामा कोरोना सङ्क्रमण भएको छ ।

७३९ जनाको पीसीआर परीक्षण गर्दा २०० र १ हजार ४५ जनाको एन्टिजेन परीक्षण गर्दा २७९ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ७३, सुनसरीमा ६६, झापामा ४७, धनकुटामा ७, इलाममा ४, उदयपुरमा २, भोजपुरमा १ जनामा सङ्क्रमण देखिएको छ ।

मोरङको विराटनगरमा ३२, लेटाङमा १२, बेलबारीमा ११, पथरीशनिश्चरेमा ५, केराबारीमा ४, सुन्दरहरैचा र उर्लाबारीमा ३-३, रंगेलीमा २, कानेपोखरीमा १, सुनसरीको इटहरीमा ३६, धरानमा २२, दुहबी, इनरुवा र वराहक्षेत्रमा २-२, बर्जू र स्थानीय तह नखुलेका १-१, झापाको दमकमा ३०, भद्रपुरमा ७, कमल गाउँपालिकामा ३, मेचीनगरमा २, शिवसताक्षी, गौरादह, विर्तामोड, अर्जुनधारा र कचनकवल १-१, धनकुटाको धनकुटा नगरपालिकामा ५, पाख्रिबास र शहिदभूमीमा १-१, इलामको इलाम नगरपालिका, मांसेबुङ, चुलाचुली र स्थानीय तह नखुलेका १-१, उदयपुरको चौदण्डीगढीमा २ र भोजपुरको भोजपुर नगरपालिकामा १ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ७३६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ३४३ महिला र ३९३ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र १० पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।