विराटनगर : सुनसरीमा ११२ जना सहित प्रदेश १ मा ५३४ जनामा कोरोना सङ्क्रमण भएको छ।

१ हजार ९९ जनाको पीसीआर परीक्षण गर्दा ३७० र ७३६ जनाको एन्टिजेन परीक्षण गर्दा १६४ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४३, मोरङमा ११२, सुनसरीमा ९३, इलाममा ७, पाँचथरमा ३, सङ्खुवासभामा २, तेह्रथुम, ताप्लेजुङ, धनकुटा र भोजपुरमा १-१ र प्रदेश १ बाहिरका ६ जनामा सङ्क्रमण देखिएको हो ।

झापाको दमकमा ३४, बिर्तामोडमा ३२, कनकाईमा १६, अर्जुनधारामा १५, शिवसताक्षीमा १३, बुद्धशान्तिमा १०, मेचीनगरमा ८, कमल गाउँपालिकामा ४, भद्रपुर, गौरीगञ्ज र बाह्रदशीमा २-२, हल्दिबारीमा १, मोरङको विराटनगरमा ४२, सुन्दरहरैचामा ३९, उर्लाबारीमा १४, सुनबर्षीमा ५, पथरीशनिश्चरेमा ४, कानेपोखरी र बेलबारीमा २-२, लेटाङ, ग्रामथान, बुढीगंगा र मिक्लाजुङमा १-१, सुनसरीको इटहरीमा ८३, इनरुवामा ५, धरान र वराहक्षेत्रमा २-२, देवानगञ्जमा १, इलामको इलाम नगरपालिकामा ३, सुर्योदयमा २, माई र चुलाचुलीमा १-१, पाँचथरको फिदिममा २, याङवरकमा १, सङ्खुवासभाको पाँचखपन र मादीमा १-१, तेह्रथुममा १, ताप्लेजुङको आठराई त्रिवेणी, धनकुटाको साँगुरीगढी र भोजपुरको अरुण गाउँपालिकामा १-१ र प्रदेश १ बाहिरका ६ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा आज ३६२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १५७ महिला र २०५ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।