धरान : खोटाङमा अवैध गाँजा र घरेलु भरुवा बन्दुक घरमा लुकाएर राखेका अवस्थामा प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको छ।

खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक उमेश लम्सालले दिएको जानकारी अनुसार हलेसीतुवाचुङ नगरपालिका वडा नं. ७ हलेसी महादेवस्थान स्थित कात्तिकेका ५७ वर्षीय मगम राई र सोही पालिका वडा नं. ७ ऐसेलु खर्कका ३७ वर्षीय खगेन्द्र राई पक्राउ परेका हुन्।

मगम राई १५ केजी गाँजा सहित घरैबाट पक्राउ परेका हुन भने खगेन्द्र १ थान घरेलु भरुवा बन्दुक लुकाई राखेको अवस्थामा प्रहरीद्वारा समातिएका हुन् ।

अवैध गाँजा घरमा लुकाइ राखेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीद्वारा भाद्र ५ गते राईलाई उनकै घरबाट नियन्त्रणमा लिएको हो भने बन्दुक लुकाई राख्ने खगेन्द्रलाई पनि उनकै घरबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान सहित कानुनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाइएको छ ।