धरान : धरान उपमहानगरपालिकामा आज देखि धरानका १३ स्थानबाट एन्टिजेन्ट परीक्षण गरिँदै छ ।

धरानमा कोरोना संक्रमणदर बढेकोले कोरोना नियन्त्रण र न्यूनीकरणका लागि उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले १५ दिने कोरोना परीक्षण अभियान सुरु गरेको हो ।

आज देखि सुरु हुने यो अभियानमा धरान उपमहानगरपालिका अन्तर्गतका सबै स्वास्थ्य संस्थाहरूमा र सबै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरूलाई परिचालित गरी अव देखि १५ दिन सम्म वडामै एन्टिजेन परीक्षण गरिने धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताए ।

धरानका १३ स्थानमा रहेका स्वास्थ्य संस्थाबाट अव देखि हरेक दिन कोरोना सङ्क्रमण आशङ्का गरिएका नगरवासीलाई एन्टिजेन परीक्षण गरिनेछ । विगतमा हरेक आइतबार, मंगलबार र बिहीबार धरान-८ को सभागृहमा एन्टिजेन र पिसिआर परीक्षण हुँदै आएकोमा अव देखि सभागृहबाट पिसिआर मात्रै परीक्षण गरिनेछ ।

आइतबार, मंगलबार र बिहीबार बाहेक अरू दिन कोरोना सङ्क्रमण बढेको क्षेत्र रेड जोन एरियाहरूमा धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाको टोली स्थलगतरुपमा खटेर पिसिआर परीक्षण गर्ने महाशाखा प्रमुख मेहेताले जानकारी दिए ।

Antigen-Test-list