झापा : झापाको कनकाई नगरपालिका-१ स्थित सिर्जना टोलमा एकै परिवारका तीन जना झुन्डिएको अवस्थामा फेला परेका छन । बुवा,आमा र नाबालक छोरी झुन्डिएको अवस्थामा फेला गरेका हुन्।

३४ वर्षीय बुवा रविन विक, २९ आमा मुना विक र ८ महिनाकी छोरी रुविना विक झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतक रविन विक वैदेशिक रोजगारीमा पठाउने एजेन्ट रहेका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।

रवीनले विदेश पठाउनका लागि स्थानीयसँग पैसा लिएको तर नपठाएको भन्दै केही दिन अघि प्रहरीलाई मौखिक रिपोर्ट गरेको प्रहरीले जनाएको छ।

मृतक रविनलाई गत साउन ३१ गते कोरोना पोजेटिभ भएको रिपोर्ट घटनास्थलमा फेला पारेको प्रहरीले जनाएको छ । नाबालकको हत्यापछि बुवा आमाले आत्महत्या गरेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।