उदयपुर : उदयपुरको बेलका नगरपालिका ५ गलेनी स्थितमा पूर्वतर्फ जाँदै गरेको प्रदेश १-०२-०४१ प १८०८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थानका ८० वर्षीय राम बहादुर श्रेष्ठ रहेका छन् । हिजो बेलुका ६ बजे भएको दुर्घटनाबाट गम्भीर घाइते भएका श्रेष्ठको धरान घोपामा उपचारको क्रममा बेलुकै साढे ८ बजे मृत्यु भएको हो ।

मोटरसाइकल चालक सुनसरी रामधुनी नगरपालिका ३ झुम्का का २४ वर्षीय रोयल कुमार चौधरी र पछाडि सवार सोही स्थानका २४ वर्षीय सुरज कुमार चौधरी समेत सामान्य घाइते भएका छन् ।

स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात् मोटरसाइकल चालक र मोटरसाइकल प्रहरी चौकी लालबजारको नियन्त्रणमा रहेको छ।