विराटनगर : धरानमा १९ जना सहित प्रदेश १ मा ४२१ जनामा कोरोना सङ्क्रमण देखिएको छ । ९२४ जनाको पीसीआर परीक्षण गर्दा ३०९ र ५०२ जनाको एन्टिजेन परीक्षण गर्दा ११२ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४९, मोरङमा ६८, सुनसरीमा ६७, इलाममा १२, सङ्खुवासभामा ५, उदयपुरमा २, पाँचथर र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण देखिएको हो ।

झापाको बिर्तामोडमा ३०, कनकाई र अर्जुनधारामा २६–२६, दमकमा १९, शिवसताक्षीमा १६, मेचीनगरमा १४, बुद्धशान्तिमा ८, भद्रपुरमा ४, कमल गाउँपालिकामा २, गौरादह, बाह्रदशी, गौरीगञ्ज र हल्दिबारीमा १-१, मोरङको बेलबारीमा २५, विराटनगरमा २३, सुन्दरहरैचामा ७, बुढीगंगा र पथरीशनिश्चरेमा ३-३, रंगेली र कानेपोखरीमा २-२, केराबारी, मिक्लाजुङ, लेटाङमा १-१, सुनसरीको इटहरीमा ३१, धरानमा १९, वराहक्षेत्रमा ५, दुहबी र रामधुनीमा ३-३, देवानगञ्जमा २, इनरुवा, बर्जू, भोक्राहा, हरिनगरमा १-१, इलामको सुर्योदयमा ५, इलाम नगरपालिकामा ४, चुलाचुलीमा २, माईमा १,सङ्खुवासभाको खाँदवारिमा ५, उदयपुरको बेलकामा २, पाँचथरमा १ र तेह्रथुममा १ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३१२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १५७ महिला र १५५ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५ महिला र १३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।