धरान : सुनसरीमा कोरोना संक्रमणदर तीव्र रहेको भन्दै थप एक साता निषेधाज्ञा थप गर्ने निर्णय भएको छ ।

आज बसेको डिसिसिएमसीको बैठकले मंगलबार रातीदेखि लागु हुनेगरि भदौ १४ गते मध्यराती १२ बजेसम्म निषेधाज्ञा थप गरेको हो ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको सूचना अनुसार निषेधाज्ञा अवज्ञा गर्नेलाई कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार कारबाही गरिने जनाइएको छ ।

सङ्क्रमण अझै बढ्न गएमा निषेधाज्ञाको व्यवस्थाहरूमा कुनै पनि बेला पुनरावलोकन गर्दै थप कडाइ हुने पनि सूचनामा उल्लेख गरिएको छ ।

DCCMC-Notice