धरान : धरानमा कोरोना सङ्क्रमण वृद्धि भएको भन्दै सोमबार देखि सुरु भएको कोरोना परीक्षणको क्रममा ४२ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

धरान उपमहानगरपालिकाको १३ वटा स्वास्थ्य संस्थाहरूबाट सोमबार देखि सुरु भएको कोरोना परीक्षणको क्रममा धरानको पाँच स्थानमा गरिएको एन्टिजेन परीक्षणमा वडानं १ मा ५ जनाको कोरोना परीक्षण गर्दा १ जनाको पोजेटिभ, ४ जनाको नेगेटिभ, वडानं. ४ मा १८ जनाको परीक्षण गर्दा १८ जनाकै नेगेटिभ रिपोर्ट आएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् ।

यसै गरी धरान-५ मा ६ जनाको परीक्षण गर्दा पाँचै जनाको नेगेटिभ, धरान-१३ मा ७ जनाको परीक्षण गर्दा २ जनाको पोजेटिभ, ५ जनाको नेगेटिभ र धरान-१६ मा ६ जनाको परीक्षण गर्दा १ जनाको पोजेटिभ, ५ जनाको नेगेटिभ रिपोर्ट आएको जनाइएको छ ।

पहिलो दिन धरानको ५ स्थानबाट गरिएको परीक्षणमा ४२ जनाको परीक्षण गर्दा ४ जनाको मात्रै कोरोना पोजेटिभ रिपोर्ट आएको हो । धरानमा कोरोना परीक्षण अभियान १५ दिन सम्म जारी रहने बताइएको छ ।