धरान : सुनसरी प्रहरीले वराहक्षेत्र नगरपालिका ८ शुक्रवारेबाट हिजो साँझ साढे ६ बजे एक जनालाई लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत सुपौल थाना बिरपुर बनेलीपट्टी ३ का २५ वर्षीय रुद्रनारायण कुमार यादव रहेका छन् । गत ६ गते ब्राउन सुगर सहित पक्राउ परेका मानिसहरूले दिएको सूचनाको आधारमा यादवलाई ब्राउन सुगर ५२ ग्राम र उनले प्रयोग गरेको BR=50K0386 नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकल सहित पक्राउ गरिएको हो ।

पक्राउ परेका यादवलाई सोधपुछ गर्दा यस अघीनै पक्राउ परेका पुरुषोत्तम मेहताको घरमा थप ब्राउन सुगर लुकाई राखेको छ भनी खुलाई दिए पश्चात् प्रहरी गई मेहताको घरमा खानतलासी गर्दा थप १७ ग्राम ब्राउन सुगर बरामद भएको छ । पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भइरहेको छ ।