विराटनगर : इटहरीमा ५२ जना सहित प्रदेश १ मा ६११ जनामा कोरोना सङ्क्रमण भएको छ ।

१ हजार ३३८ जनाको पीसीआर परीक्षण गर्दा ४१४ र ७१८ जनाको एन्टिजेन परीक्षण गर्दा १९७ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४४, मोरङमा १४२, सुनसरीमा ९३, धनकुटामा १५, इलाममा ४, भोजपुर, उदयपुर र सङ्खुवासभामा २-२, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ९ जनामा सङ्क्रमण देखिएको हो ।

झापाको दमकमा २७, कनकाई र बिर्तामोडमा २१-२१, शिवसताक्षीमा १६, मेचीनगरमा १५, अर्जुनधारामा १२, भद्रपुरमा १०, कमल गाउँपालिकामा ९, गौरादह, हाल्दिबारी र बुद्धशान्तिमा ३-३, बाह्रदशीमा २, कच कवल र गौरीगञ्जमा १-१, मोरङको विराटनगरमा ४३, लेटाङमा ३८, पथरीशनिश्चरेमा २२, केराबारीमा १३, सुन्दरहरैचामा १२, उर्लाबारीमा १०, बेलबारीमा २, सुनबर्षी र मिक्लाजुङमा १-१, सुनसरीको इटहरीमा ५२, धरानमा ३०, इनरुवामा ४, गढीमा ३, वराहक्षेत्रमा २, रामधुनी र दुहबीमा १-१, धनकुटाको धनकुटा नगरपालिकामा १०, छथर जोरपाटीमा ३, चौबिसे र पाख्रिबासमा १-१, इलामको माईमा २, इलाम नगरपालिका र स्थानीय तह नखुलेका १-१, भोजपुरको भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका १-१, उदयपुरको बेलका र चौदण्डीगढीमा १-१, सङ्खुवासभाको मादी र स्थानीय तह नखुलेका १-१, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ९ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३१२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १२८ पुरुष र १८४ महिला रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ महिला र ९ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।