धरान : प्रदेश २ स्थित धनुषाको ढल्केवरमा १६ करोडको लगानीमा कोमल होटेल सञ्चालनमा आएको छ। स्थानीय युवा व्यवसायी अनिल साहले १६ करोड लगानी गरेर कोमल होटेल सञ्चालनमा ल्याएका हुन्।

२६ वटा एयर कन्डिसन सहितका कोठा भएको आधुनिक होटेल पूर्व पश्चिम यात्रा गर्नेहरूलाई लक्षित गरी ल्याइएको व्यवसायी शाह बताउँछन् । भ्रमण वर्ष २०२० लाई लक्ष्य गरेर होटेल सञ्चालन गर्ने योजना बनाए पनि कोरोनाको कारण औपचारिक उद्घाटन हुन सकेको छैन।

औपचारिक उद्घाटन नभए पनि नभए पनि होटेल सञ्चालनमा रहेको शाह बताउँछन्। पेशागत रूपमा सिए रहेका यादव पढाई सँगै व्यापार र व्यवसायमा समेत आफूलाई संलग्न गराएका छन्।

कोरोनाको दोस्रो लहरको मार खेपेका उनले पछिल्लो समय होटेल सञ्चालनमा दैनिक रूपमा आउने ग्राहकहरूका कारण उत्साहित बनेका छन्। लकडाउनको समयमा पनि दैनिक १२/१३ वटा कोठा बुक हुने गरेको उनी बताउछ्न।

सात तलाको कोमल होटेलमा १२ वटा डिलक्स रुम, ८ वटा स्वीट रुम र ६ वटा स्ट्यार्डड लेबलका कोठाहरू छन् । रुमको ४ हजार, तीन हजार र २५ सय गरी तिन श्रेणीमा विभाजन गरे पनि पाइने सुविधामा कुनैमा कमी नरहने दाबी शाहको छ।