झापा : झापामा एक जना होटल व्यवसायी मृत अवस्थामा फेला परेका छन् ।

अर्जुनधारा–५ लक्ष्मीपुरका मानव होटलका सञ्चालक झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । उनी मृत आफ्नै नयाँ घरमा फेला परेका हुन् ।

आफ्नै नयाँ घरमा पानी हाल्न भन्दै बिहान करिब २.३० बजे निस्केका ३८ वर्षीय राजेश महत मृत अवस्थामा फेला परेको बिर्तामोड प्रहरीले जनाएको छ ।

शवलाई अहिले पोस्टमाटमका लागी मेची अञ्चल अस्पताल भद्रपुर लगिएको मृतकका आफन्त मनोज बस्नेतले जानकारी दिए ।