धरान : मोरङको विराटनगर महानगरपालिका-१२ बरखीबाट प्रतिबन्धित औषधी सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका १७ का ३० वर्षीय मोहम अम्जाद अली रहेका छन् । हिजो बेलुका ४ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनलाई भारतको जोगवनीबाट EFFIKEX ५ कार्टुन ( प्रति कार्टुन ७२ पिस,MICROSHOT १ कार्टुन (१८ पिस) , N–BIMELOX ७ कार्टुन ( प्रति कार्टुन ७२ पिस) प्रतिबन्धित औषधी सहित पक्राउ गरेको हो ।

पक्राउ परेका अलीलाई आज औषधी सहित आवश्यक कारबाहीको लागी औषधी व्यवस्था विभाग विराटनगरमा बुझाइएको छ ।

यसैबिच मोरङको विराटनगर महानगरपालिका १५ को १ नम्बर ढाँटबाट लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी धरान-६ का २० वर्षीय निखिल राय रहेका छन् । हिजो बेलुका साढे ४ बजे लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध लुपिजेसिक १५ एम्पुल, डाईजाल्याब १५ एम्पुल, एभिल १४ एम्पुल र फेनारगन १५ एम्पुल सहित पक्राउ गरिएको हो ।

पक्राउ परेका रायलाई इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ ।