विराटनगर : इटहरीमा ७५ जना सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६११ जनामा कोरोना सङ्क्रमण भएको छ ।

१ हजार ३५५ जनाको पीसीआर परीक्षण गर्दा ३३८ र १ हजार ७४ जनाको एन्टिजेन परीक्षण गर्दा २७३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङमा ११३, सुनसरीमा १०८, झापामा ८६, धनकुटामा १४, इलाममा ५, उदयपुरमा ४, सङ्खुवासभामा ३, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ४८, बेलबारीमा २४, सुन्दरहरैचामा १७, बुढीगंगा र उर्लाबारीमा ५–५, कटहरी र मिक्लाजुङमा ३–३, लेटाङ, ग्रामथान र पथरीशनिश्चरेमा २–२, कानेपोखरी र केराबारीमा १–१, सुनसरीको इटहरीमा ७५, धरानमा १८, रामधुनीमा ५, वराहक्षेत्र र स्थानीय तह नखुलेका ४–४, इनरुवामा २, झापाको दमकमा ५९, भद्रपुरमा ८, बिर्तामोडमा ७, हाल्दिबारी र कमल गाउँपालिकामा ३–३, गौरादह र मेचीनगरमा २–२, अर्जुनधारा र झापा गाउँपालिकामा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ७, महालक्ष्मी, पाख्रीबास र स्थानीय तह नखुलेका २–२, चौबिसेमा १, इलामको इलाम नगरपालिका, माई, चुलाचुली, मांसेबुङ र स्थानीय तह नखुलेका १–१, उदयपुरको कटारीमा ३, उदयपुरगढीमा १, सङ्खुवासभाको खाँदवारिमा ३, भोजपुरको भोजपुर नगरपालिका र खोटाङको खोटेहाङमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ५५४ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २६० महिला र २९४ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ महिला र ६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।