इटहरी : प्रदेश १ नेपाल एमाले संसदीय दलका नेता भीम आचार्यका भाइ राम आचार्य मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सञ्जय सिंह थापाका अनुसार आचार्यका कान्छा भाइ बिहीबार बिहान मृत अवस्थामा भेटिएका हुन्।

आचार्य बिहीबार नै एमाले संसदीय दलको नेतामा चयन भएका छन् । मुख्यमन्त्री शेरधन राईकै प्रस्तावमा एमाले प्रदेश १ संसदीय भएका उनी मुख्यमन्त्री बन्ने पक्का भएको छ ।

प्रहरीका अनुसार अनुसार मृतक आचार्यको शव घरमै छ । ढोका थुनेर ओछ्यानमा सुतेका ऊनी बोलाउँदा नबोलेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । के कारण मृत्यु भएको भन्ने बारे अनुसन्धान भइरहेको एसपी थापाले बताए ।

आचार्यहरू पाँच भाइ हुन्। दुई भाइको यसअघि नै निधन भइसकेको छ ।