इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६३९ जनामा कोरोना सङ्क्रमण भएको छ । १ हजार ५६५ जनाको पीसीआर परीक्षण गर्दा ४३३ र १ हजार ७८ जनाको एन्टिजेन परीक्षण गर्दा २०४ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १५०, मोरङमा १३८, सुनसरीमा १०५, इलाममा १२, धनकुटामा ८, भोजपुरमा ४, तेह्रथुम र उदयपुरमा ३-३, पाँचथर, सोलुखुम्बु र सङ्खुवासभामा १-१ र प्रदेश १ बाहिरका ७ जनामा सङ्क्रमण देखिएको हो।

झापाको बिर्तामोडमा ४३, कनकाईमा २०, मेचीनगरमा १७, दमकमा १६, शिवसताक्षीमा १३, अर्जुनधारामा १२, बाह्रदशी र बुद्धशान्तिमा ८-८, कमल गाउँपालिकामा ६, भद्रपुरमा ५, गौरादह र स्थानीय तह नखुलेका १-१, मोरङको विराटनगरमा ५१, सुन्दरहरैचामा ४२, पथरीशनिश्चरेमा २०, केराबारीमा ११, बेलबारी र उर्लाबारीमा ३-३, लेटाङ, रतुवामाई , बुढीगंगा र मिक्लाजुङमा २-२, सुनसरीको इटहरीमा ६५, धरानमा ३०, इनरुवामा ४, बराहक्षेत्र र रामधुनीमा २-२, गढी र स्थानीय तह नखुलेका १-१, इलामको इलाम नगरपालिकामा ५, चुलाचुलीमा ३, माईजोगमाई, माई, सूर्योदय र रोङमा १-१, धनकुटाको धनकुटा नगरपालिकामा ५, पाख्रिबासमा २, स्थानीय तह नखुलेका १, भोजपुरको अरुणमा २, भोजपुर नगरपालिका र हतुवागढीमा १-१, तेह्रथुमको आठराईमा २ र लालीगुराँसमा १, उदयपुरमा ३, पाँचथरमा १, सोलुखुम्बुमा १, सङ्खुवासभाको खाँदबारीमा १ र प्रदेश १ बाहिरका ७ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा आज ५२८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमणमुक्त हुनेमा २६३ महिला र २६५ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।