धरान : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४८४ जनामा कोरोना सङ्क्रमण भएको छ। १ हजार ६९ जनाको पीसीआर परीक्षण गर्दा २९७ र ९४५ जनाको एन्टिजेन परीक्षण गर्दा १८७ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोरङमा १२३, झापामा ९८, सुनसरीमा ५३, धनकुटामा ९, इलाममा ६, पाँचथरमा २, खोटाङ, उदउपुर र सङ्खुवासभामा १–१ र प्रदेश १ बाहिर ३ जनामा सङ्क्रमण देखिएको हो।

मोरङको विराटनगरमा ६३, लेटाङमा ३०, बेलबारीमा १६, उर्लाबारीमा ५, पथरीशनिश्चरे र सुन्दरहरैचामा ३-३, कानेपोखरी, मिक्लाजुङ र स्थानीय तह नखुलेका १–१, झापाको बिर्तामोडमा २८, शिवसताक्षी र दमकमा १४-१४ दमकमा १३, मेचीनगरमा ११, अर्जुनधारामा ८, भद्रपुरमा ७, कनकाईमा ६, कमल गाउँपालिकामा ३, बुद्धशान्ति र बाह्रदशीमा २-२, गौरादह, हाल्दिबारी र झापा गाउँपालिकामा १-१, सुनसरीको धरानमा ३४, इटहरीमा १२, रामधुनीमा ३, इनरुवामा २, बराहक्षेत्र र दुहवीमा १-१, धनकुटाको धनकुटा नगरपालिकामा ८, महालक्ष्मीमा १, इलामको इलाम नगरपालिका र चुलाचुलीमा २-२, सूर्योदय र मांसेबुङमा १-१, पाँचथरको फिदिम र फालेलुङमा १-१, खोटाङको खोटेहाङ, उदयपुरको चौदण्डीगढी र सङ्खुवासभामा १-१ र प्रदेश १ बाहिर ३ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४९१ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २२६ महिला र २६५ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा ६ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा २ महिला र ४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।