विराटनगर : प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रवार मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मुख्यमन्त्री आचार्यले बलबहादुर साम्सोहाङलाई सामाजिक विकास मन्त्री बनाएका छन् भने लछुमन तिवारीलाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री बनाएका छन् ।

प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले नवनियुक्त दुवै मन्त्रीलाई शपथग्रहण पनि गराइसकेका छन् । नवनियुक्त दुवै मन्त्री यसअघि माधव नेपाल समूहमा थिए ।

मुख्यमन्त्री आचार्यले नेपाल समूहका सांसदलाई मन्त्री पद दिएर भए पनि सत्ता टिकाउने रणनीति अख्तियार गरेका हुन् । नेपाल समूहका सांसदलाई एमालेमै राख्न आचार्यले विभिन्न अफर दिने गरेको स्रोतले बताएको छ ।

एमाले बाहेकका दलले भने आचार्य नेतृत्वको सरकार एक महिना पनि नटिक्ने दाबी गर्न थालेका छन् ।