इटहरी : सुनसरीको रामधुनी नगरपालिका-५ मा रहेको म्याजिक सिनेमा हलमा आगलागी भएको छ।

बिहान साढे ८ बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। विद्युत सट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिए पनि खास कारण पत्ता लाग्न सकेको छैन।

रामधुनीका स्थानीय पत्रकार शिशिर भट्टराईका अनुसार आगलागी नियन्त्रणका लागि इटहरी, दुहबी, इनरुवा, वराहक्षेत्र र कोसी गाउँपालिकाका दमकल परिचालन गरिएको छ।

स्थानीय तथा प्रहरीको प्रयासमा आगो नियन्त्रण लिने प्रयास भइरहेको उनले जानकारी दिए।