विराटनगर : सुनसरीमा १२० जना सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४८३ जनामा कोरोना सङ्क्रमण भएको छ ।

७७९ जनाको पीसीआर परीक्षण गर्दा २७२ र १ हजार १०३ जनाको एन्टिजेन परीक्षण गर्दा २११ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा १२०, मोरङमा ७५, झापामा ४०, पाँचथरमा २१, इलाम र उदयपुरमा ४-४, सङ्खुवासभामा २, धनकुटा, भोजपुर र खोटाङमा १-१ र प्रदेश १ बाहिरका २ जनामा सङ्क्रमण देखिएको हो ।

सुनसरीको इटहरीमा ९३, धरानमा १९, वराहक्षेत्रमा ३, रामधुनीमा २, दुहबी, बर्जू र स्थानीय तह नखुलेका १-१, मोरङको विराटनगरमा ३८, बेलबारीमा १८, केराबारी र सुन्दरहरैचामा ५-५, लेटाङमा ३, कानेपोखरी र पथरीशनिश्चरेमा २-२, बुढीगंगा र कटहरीमा १-१, झापाको दमक र भद्रपुरमा ९-९, गौरादहमा ७, मेचीनगरमा ४, हाल्दिबारी र बिर्तामोडमा ३-३, शिवसताक्षी र कमल गाउँपालिकामा २-२, बुद्धशान्तिमा १, पाँचथरको फिदिममा २०, हिलिहाङमा १, इलामको चुलाचुलीमा २, इलाम नगरपालिका र देउमाईमा १-१, उदयपुरको चौदण्डीगढीमा ३, बेलकामा १, सङ्खुवासभाको चैनपुर र खाँदवारिमा १-१, धनकुटाको धनकुटा नगरपालिका, भोजपुरको भोजपुर नगरपालिका र खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा १-१ र प्रदेश १ बाहिरका २ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४९७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २४३ महिला र २५४ पुरुष छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।