धरान : कोरोना विरुद्धको भारतीय कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन बाँकी रहेकाहरूलाई आज देखि कोभिसिल्डको दोस्रो मात्रा एक्स्ट्राजेनेका खोप लगाउन सुरु भएको छ ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका वरिष्ठ कविराज रामबाबु यादवले दिएको जानकारी अनुसार धरानमा कोभिसिल्डको साटो एक्स्ट्राजेनेका खोप ७ हजार ७ सय ४१ जनालाई लगाइनेछ । गएको फागुन २३ देखि वैशाख ११ गते सम्म भारतीय खोप कोभिसिल्ड लगाएकाहरूलाई दोस्रो मात्रामा यो खोप लगाउन सुरु गरिएको हो ।

आज पहिलो दिन भदौ १३ गते धरानको १ नम्बर वडा देखि १० नम्बर वडा सम्म १० वटा खोप केन्द्रबाट र १४ गते ११ नम्बर वडा देखि २० नम्बर वडा सम्म थप १० वटा खोप केन्द्रबाट कोभिसिल्डको पहिलो मात्रा लगाएकाहरूलाई दोस्रो मात्रा एक्स्ट्राजेनेका खोप लगाइँदै छ ।

यसै गरी यस भन्दा अघि भेरोसेल खोप लगाएकाहरूलाई भदौ १५ र १६ गते दुई दिन दोस्रो मात्राको खोप लगाइने बताइएको छ । भेरोसेल खोपको दोस्रो मात्रा पनि दुई चरणमा २० वटा वडामा वडावाईज खोप केन्द्र तोकिएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जानकारी दिएको छ ।

खोप लगाउन पहिले खोप लगाउँदा बनाएको खोप कार्ड लिएर आफ्नो वडाको खोप केन्द्रमा गएर लगाउन स्वास्थ्य महाशाखाले आग्रह गरेको छ ।

खोप केन्द्रको विवरण :

Khop-13 Khop-14 Khop-15 Khop-16