धरान : केही दिन देखिको निरन्तरको बर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ ।

आज दिउसो २ बजे सप्तकोसी नदीमा पानीको बहाव २ लाख ५८ हजार ५ सय ६० प्रतिसेकेन्ड क्युसेक मापन भएको कोसी ब्यारेज कन्ट्रोल रुमले जानकारी दिएको छ ।

आज बिहान देखि पानीको बहाव बढेकोले ५६ ढोका मध्ये अहिले ३६ वटा ढोका खुल्ला गरिएको कन्ट्रोल रुमले जनाएको छ ।

पहाडी क्षेत्रमा निरन्तर पानी परिरहेकोले पानीको बहाव निरन्तर बढी रहेको बताइएको छ ।