चतरा : वराहक्षेत्र-६ चक्रघटिमा रहेको नेपाल जनजाति आदिवासी महासङ्घ बराहक्षेत्रको भवनमा चोरी भएको छ।

महासङ्घ अध्यक्ष सन्त राईका अनुसार चोरी भएको सोमवार बिहान ९ बजे तिर थाहा पाएको बताए। भवनको ताल्चा फोरेर ४० थान कुर्सी र ५ थान पखा चोरी भएको छ। अध्यक्ष राईका अनुसार चोरी आइतबार रातको समयमा हुन सक्ने आँकडा गरिएको छ।

चोरी भएको घटनाको बारेका इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा जानकारी गराई प्रहरीले अनुसन्धान गरिरहेको छ।