विराटनगर : इटहरीमा ६६ जना सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५७४ जनामा कोरोना सङ्क्रमण भएको छ ।

१ हजार २८१ जनाको पीसीआर परीक्षण गर्दा ४१० र ७५८ जनाको एन्टिजेन परीक्षण गर्दा १६४ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १७१, मोरङमा ९८, सुनसरीमा ९६, इलाममा १२, उदयपुरमा १०, धनकुटामा ८, पाँचथरमा ३, सङ्खुवासभा र भोजपुरमा २–२, ताप्लेजुङ र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ६ जनामा सङ्क्रमण देखिएको हो ।

झापाको बिर्तामोडमा ४८, दमकमा २८, भद्रपुरमा २०, शिवसताक्षीमा १८, अर्जुनधारामा १२, मेचीनगर र कनकाईमा १०–१०, बुद्धशान्ति र कमल गाउँपालिका ९–९, बाह्रदशीमा ४, हल्दिबारीमा २ र स्थानीय तह नखुलेका १, मोरङको विराटनगरमा ४२, बेलबारीमा २२, सुन्दरहरैचामा १४, उर्लाबारीमा ६, बुढीगंगामा ५, पथरीशनिश्चरेमा ३, कानेपोखरी र ग्रामथानमा २–२, रतुवामाई र लेटाङमा १–१, सुनसरीको इटहरीमा ६६, धरानमा १९, दुहबी र इनरुवामा ३–३, रामधुनीमा २, बर्जू, भोक्राहानरसिंह र स्थानीय तह नखुलेका १–१, इलामको सुर्योदयमा ३, देउमाई, इलाम नगरपालिका, रोङ र चुलाचुलीमा २–२, स्थानीय तह नखुलेका १, उदयपुरको बेलकामा ४, चौदण्डीगढीमा ३, त्रियुगा, उदयपुरगढी र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा ८, पाँचथरको फिदिम, हिलिहाङ र स्थानीय तह नखुलेका १–१, सङ्खुवासभाको खाँदवारिमा २, भोजपुरको भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको मिक्वाखोला, तेह्रथुमको म्याङ्लुङमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३८८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १९० महिला र १९८ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ८ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।