झापा : झापामा सिटी सफारीको ठक्करबाट सोमबार साँझ एक जना वृद्ध पुरुषको मृत्यु भएको छ। मेचीनगर नगरपालिका-७ स्थित पूर्व-पश्चिम लोक मार्गमा पूर्वतर्फ जाँदै गरेको मे १ ह ६२५९ नम्बरको सफारीले पैदल यात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा ६१ वर्षीय नन्दलाल अधिकारीको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी वासुदेव खतिवडाले जानकारी दिए । उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको उपचारका क्रममा धुलाबारी अस्पतालमा राति ८ बजेतिर मृत्यु भएको हो।

प्रहरीले सिटी सफारी र चालक ३६ वर्षीय गङ्गाराम निरौलालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ। पैदल यात्रीले अचानक बाटो काट्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटना गराउने सफारीको कागजपत्र र चालकको लाइसेन्स (सवारी चालक अनुमति पत्र) नभएको पाइएको एसपी खतिवडाले बताए।