विराटनगर : धरानमा १६ जना सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३८७ जनामा कोरोना सङ्क्रमण भएको छ ।

१ हजार ११४ जनाको पीसीआर परीक्षण गर्दा २८३ र ६४२ जनाको एन्टिजेन परीक्षण गर्दा १०४ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९८, सुनसरीमा ९४, मोरङमा ७६, इलाममा ५, सङ्खुवासभामा ३, भोजपुर र धनकुटामा २–२, ओखलढुङ्गा, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा सङ्क्रमण देखिएको हो ।

झापाको दमकमा २२, बिर्तामोडमा २०, बुद्धशान्ति र कनकाईमा ९–९, गौरादहमा ८, मेचीनगरमा ७, भद्रपुर र अर्जुनधारामा ६–६, शिवसताक्षीमा ५, बाह्रदशी र कमल गाउँपालिकामा २–२, गौरीगञ्ज र स्थानीय तह नखुलेका १–१, सुनसरीको इटहरीमा ६४, धरानमा १६, रामधुनीमा ५, वराहक्षेत्रमा ४, इनरुवामा २, दुहबी, हरिनगर र कोसी गाउँपालिकामा १–१, मोरङको विराटनगरमा ४३, सुन्दहरैचामा १०, केराबारीमा ७, उर्लाबारीमा ६, लेटाङमा ३, बुढीगंगा, बेलबारी र पथरीशनिश्चरेमा २–२, रतुवामामा १, इलामको इलाम नगरपालिकामा ३, रोङमा २, सङ्खुवासभाको मकालु, खाँदवारि र स्थानीय तह नखुलेका १–१, भोजपुरको भोजपुर नगरपालिकामा २, धनकुटाको धनकुटा नगरपालिकामा २, ओखलढुङ्गाको सिद्धिचरण, उदयपुरको त्रियुगा र प्रदेश १ बाहिरका १–१ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३९३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १९३ महिला र २०० पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महिला र पुरुष १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।