धरान : धरान १२ का कोरोना संक्रमित युवाको उपचारको क्रममा मङ्गलवार दिउसो मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा मङ्गलवार दिउसो २ बजे उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणि पोखरेलले दिएको जानकारी अनुसार धरान १२ का ३४ वर्षीय युवाको कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

उनलाई भदौ ३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने भदौ १० गते कोभिड अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।