धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको माग राख्दै अढाई महिना देखी आन्दोलन जारी छ। प्रतिष्ठानका पदाधिकारीको राजीनामा सहित प्रतिष्ठान सुधारको माग राखेर चिकित्सक, कर्मचारी तथा बिद्यार्थीहरु आन्दोलनरत छन्।

४ जना पदाधिकारीको राजीनामाको माग सहित कार्यकक्षमा तालाबन्दी भएको छ। उता नेकपा एमाले धरान नगर कमिटीले मंगलबार विज्ञप्ति जारी गर्दै तालाबन्दी खोल्न आग्रह गरेको छ। आन्दोलन प्रतिष्ठान सुधारको लागी भए पनि अर्को पक्षलाई निषेध गर्ने किसिमले अगाडी बढेको एमालेले जनाएको छ ।

पदाधिकारीको बचाऊ गर्दै एमालेले बहिर्गमन मात्र विकल्पको रूपमा अगाडी सारिनु गलत भएको ठहर गरेको छ। बहिर्गमनले मात्र निकास ननिस्कने भन्दै आर्थिक रूपमा धरासाही बन्नुमा अन्य कारण पनि हुनसक्ने आङ्कलन गरिएको छ । तालाबन्दीकै अवस्थामा गरिएको अनुसन्धानले पूर्णता नपाउने विज्ञप्तिमा उल्लेख छ।

तालाबन्दी तत्काल खोलिनुपर्ने र तालाबन्दीकै बिचमा सिनेट बैठक बोलाउन लगाउनु राजनीतिकरण भएको बताइएको छ ।

अघिल्लो सरकारले उपलब्ध गराएको कोभिड-१९ नियन्त्रणमा छुट्याएको बजेट खर्च गर्न पाउनुपर्ने माग विज्ञप्तिमा उल्लेख गरिएको छ । आन्दोलनको विषय सरकार विरुद्ध रूपान्तरण हुँदै गएको भन्दै प्रतिष्ठानको मुद्दा भित्रै मिलाउनुपर्ने एमालेले जनाएको छ ।

सरकारले आन्दोलनरत पक्षसँग वार्ता गर्ने समिति बनाए पनि सहमति हुन सकेको छैन । अनुसन्धान प्रतिवेदमा उल्लेख गरिएका विषय कार्यान्वयन नभएको भन्दै सङ्घर्ष समितिले आन्दोलन अगाडी बढाइरहेको छ । 

BP-uml-support-press-2

BP-uml-support-press-releas