धरान : धरान-१० मा रहेको प्राइम भिजन कलेजले माध्यमिक शिक्षा परीक्षा एसइई उत्तीर्ण गरी एडभान्स डिप्लोमा इन होटेल म्यानेजमेन्ट (एडिएचएम) र कक्षा ११ म्यानेजमेन्ट अध्ययन गर्न आएका नव आगन्तुक बिद्यार्थीहरुलाई सोमबार एक कार्यक्रमको आयोजना गरी अभिमुखीकरण गरेको छ।

इटहरीको गोरखा होटेलमा कलेजका कोअर्डिनेटर अनिल श्रेष्ठ, अपरेसन म्यानेजर अभिषेक श्रेष्ठ, काउन्सीलर मधुसूदन कोइराला, एडमिनिष्ट्रेटिभ इन्चार्ज विशाल शङ्कर लगायतले बिद्यार्थीहरुलाई कलेजमा अध्ययन गर्नुपर्ने विषयवस्तु, कलेजको शैक्षिक वातावरण, कलेजमा पालना गर्नुपर्ने नियमहरू आदिको बारेमा जानकारी गराए।

कलेजमै अध्ययनरत विद्यार्थी प्रकाश राईले कलेजमा घरको जस्तै अनुभूति भएको र शिक्षकहरू पनि फ्रेन्ड्ली भएको हुँदा ग्रुपिजम नगरी सबैसँग एउटै घर परिवार जस्तै व्यवहार गर्न नव आगन्तुक बिद्यार्थीहरुलाई आग्रह गरे।त्यस्तै अर्की छात्रा अञ्जना राईले कलेजमा हस्पिटालिटी सम्बन्धी नै अध्ययन गरिने हुनाले सबैले एक९आपसमा सम्मान र सत्कार गर्न सिक्नुपर्ने बताइन।

नेपाल पत्रकार महासङ्घ सुनसरीका सहसचिव भोला श्रेष्ठले प्राइम भिजन कलेजले छोटो समयमा धरानको शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताउँदै नव आगन्तुक बिद्यार्थीहरुलाई सफलताको शुभकामना व्यक्त गरे।

कलेजको तर्फबाट बिद्यार्थीहरुलाई एक एक सेट पुस्तक, झोला, ट्याब्लेट र किचन किट प्रदान गरिएको थियो।कार्यक्रममा छात्र सन्देश पाल्पाली र छात्रा अम्बिका लिम्बुले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन कलेजका लेखापाल रोस्मिता श्रेष्ठले गरेकी थिइन।

PVHM-Motivation