विराटनगर : प्रदेश १ का १० जना प्रदेश सांसदले नेकपा एकीकृत समाजवादी पक्षमा प्रदेश निर्वाचन कार्यालय विराटनगरमा सनाखत गरेका छन् ।

सनाखत गर्नेमा सांसदहरू राजेन्द्र राई, उपेन्द्र प्रसाद घिमिरे, कृष्ण कुमारी राई, राजन राई, खिनु लङ्वा लिम्बू, सरिता खड्का, सावित्रा रेग्मी, गणेश काम्वाङ, पदमकुमारी गुरूङ, सुनिता चौधरी रहेका छन् ।

निर्वाचन कार्यालयमा मोरङको बुढीगंगा-४ का वडाध्यक्ष रमेश खनाल र वुढीगंगा-५ का वडाध्यक्ष कासिम मियाले पनि समाजवादीमा सनाखत गरेको रेग्मीले बताए ।

भदौ २२ गते सम्म सनाखतको समय रहेकाले समाजवादीको पक्षमा खुल्ने जनप्रतिनिधि बढ्ने उनले बताए ।

UMl-Samajbadi-1 UMl-Samajbadi-2 UMl-Samajbadi-3 UMl-Samajbadi-8 UMl-Samajbadi-7 UMl-Samajbadi-5 UMl-Samajbadi-4 UMl-Samajbadi UMl-Samajbadi-9