धरान : मोरङको उर्लाबारी र सिजुवाबाट ठुलो मात्रामा प्रतिबन्धित औषधी सहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका-८ रातोहोली बस्ने २७ वर्षीय अनीश श्रेष्ठ र २१ वर्षीय सुजन श्रेष्ठ रहेका छन् । हिजो बेलुका साढे ६ बजे इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनीहरूको घर कोठाबाट Tramadol 158 Capsules र Spaspain 14 Tablet प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ ।

त्यस्तै रतुवामाई नगरपालिका-२ घरुचौकबाट इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका-१ का २१ वर्षीय माधव श्रेष्ठलाई नाईट्रोभेट ६६० र कोरेक्स -DX- १ बोतल लागूऔषध सहित पक्राउ गरेको छ ।

सोही स्थानमा हिजै राती सँवा १० बजे सीमा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले नेपाल तर्फ आउँदै गरेको मे १ ह ३१७२ नम्बरको अटोलाई चेकजाँच गर्दा अटोमा लुकाई राखेको प्रतिबन्धित औषधी स्पासपेन ५ सय ट्याब्लेट र ट्रामाडोल १ हजार ट्याब्लेट बरामद गरी अटोमा सवार रहेका मोरङ उर्लाबारी-५ का २३ वर्षीय समीर मगर, झापा दमक-१४ का २९ वर्षीय अब्दुल आमिर खान र उर्लाबारी-५ का २४ वर्षीय घनश्याम गुरुङलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय सिजुवाले थप अनुसन्धान गरिरहेको छ ।