धरान : ओखलढुङ्गाको मानेभन्याङ गाउँपालिका-५ ताराबारी स्थित सिद्धिचरण राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही पालिका ओखरबोटकी ५० बर्षीया कर्ममाया मगर रहेकी छन् । हिजो बेलुका पौने ५ बजे ओखलढुङ्गा सदरमुकामबाट हर्कपुर तर्फ जाँदै गरेको बा ३६ प ३५२२ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको मिसन अस्पताल ओखलढुङ्गामा उपचारको क्रममा बेलुका सँवा ७ बजे मृत्यु भएको हो ।

मोटरसाइकल र चालक सोही स्थानका २१ वर्षीय रेवत बहादुर पुलामी मगर प्रहरी चौकी मानेभन्ज्याङको नियन्त्रणमा रहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।