धरान : उदयपुर त्रियुगा नगरपालिका–८ देउरी का वीरेन्द्र प्रसाद चौधरीको १४ वर्षीय निशान चौधरीको चट्याङ लागेर मृत्यु भएको छ ।

हिजो बेलुका ७ बजे घर नजिकै रहेको चौरीबाट खेली घर फर्कने क्रममा अविरल वर्षा सँगै परेको चट्याङ लागी अचेत अवस्थामा रहेका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा बेलुका पौने ९ बजे मृत्यु भएको थियो ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।