विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३८३ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

१ हजार २३० जनाको. पीसीआर परीक्षण गर्दा २८० र ६८८ जनाको एन्टिजेन परीक्षण गर्दा १०३ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ११९, झापामा ७७, सुनसरीमा ६६, इलाममा ५, धनकुटामा ३, उदयपुरमा २ र प्रदेश १ बाहिरका ८ जनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ४५, सुन्दरहरैचामा २४, पथरीशनिश्चरेमा १९, बुढीगंगामा ९, केराबारीमा ४, रंगेलीमा ३, धनपालथान, कटहरी, ग्रामथान, उर्लाबारी, सुनबर्षी र बेलबारीमा २-२, रतुवामाई, लेटाङ र कानेपोखरीमा १-१, झापाको दमकमा २४, शिवसताक्षीमा ११, मेचीनगर र भद्रपुरमा ८-८, बिर्तामोडमा ७, अर्जुनधारामा ६, बुद्धशान्ति र हल्दिबारीमा ३-३, कमल गाउँपालिका र बाह्रदशीमा २-२, गौरादह, कनकाई र झापा गाउँपालिकामा १-१, सुनसरीको इटहरीमा ३२, धरानमा १५, वराहक्षेत्र र इनरुवामा ५-५, रामधुनीमा ४, दुहबी र स्थानीय तह नखुलेका २-२, देवानगञ्जमा १, इलामको इलाम नगरपालिकामा ४ र सुर्योदयमा १, धनकुटाको धनकुटा नगरपालिकामा २ र महालक्ष्मीमा १, उदयपुरको चौदण्डीगढी र उदयपुरगढीमा १-१ र प्रदेश १ बाहिरका ८ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४४७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २३१ महिला र २१६ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १ जना पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।