धरान : ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिम्लेमा रहेको सानीमा हाइड्रोपावर मा काम गर्ने मजदुरको ढुङ्गाले किचेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा ताप्लेजुङ फत्ताङलुङ गाउँपालिका १ का ४४ वर्षीय खग प्रसाद तामाङ रहेका छन् ।

आज दिउसो साढे १ बजे तामाङ हाइड्रोपावरको भान्सा कोठामा बसिरहेको अवस्थामा माथिबाट ठुलो ढुङ्गा झरी किचेर घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी सोही हाईड्रोपावरमानै खाना पकाउने काम गर्ने बुझिएको छ । घटनास्थलमा प्रहरी चौकी शिवा र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी टोली खटी गई थप अनुसन्धान गरिरहेको छ ।