झापा : नेपाल पत्रकार महासङ्घ झापा शाखाको आयोजनामा दुई दिने अनुसन्धानात्मक पत्रकारिता तालिम झापाको बिर्तामोडमा सुरु भएको छ ।

स्थानीय सरकारका मुद्दाहरूको पहिचान र रिपोर्टिङ सम्बन्धी दुई दिने तालिमको एक कार्यक्रमका बिच प्रमुख अतिथि महासङ्घका संस्थापक महासचिव चन्द्र भण्डारी, अतिथिहरू दमकका नगरप्रमुख रोमनाथ ओली, बिर्तामोडमा नगरप्रमुख ध्रुवकुमार सिवाकोटी, प्रमुख प्रशिक्षक अग्रज पत्रकार हरिबहादुर थापा लगायतले उद्घाटन गरे ।

सेयर कास्ट इनिसिएटिभ नेपालको मुख्य सहयोग रहेको तालिममा दमक नगरपालिका र नेसनल एन्डोमेन्ट फर डेमोक्रेसी (एनइडी) ले साथ दिएका छन् । तालिममा झापाका ३० जना पत्रकार तथा सञ्चारकर्मीको सहभागिता रहेको छ ।

महासङ्घ झापा अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा प्रशिक्षक थापाले तालिमको औचित्य माथि प्रकाश पारेका थिए । कार्यक्रममा अतिथिहरू ओली, सिवाकोटी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

महासङ्घ सचिव डिकेश लामाले सहजीकरण गरेको तालिममा उपाध्यक्ष केशव भट्टराईले स्वागत मन्तव्य राखेका थिए ।