विराटनगर : नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्रीले नेकपा (एकीकृत समाजवादी) रोजेको खण्डमा उहाँहरूको सरकारले निरन्तरता पाउने बताएकी छिन् ।

उनले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुले नयाँ दल छान्न पाउने आगामी भदौ २३ गतेसम्मको समय सीमामा मुख्यमन्त्री भीम आचार्य र अष्टलक्ष्मी शाक्यले नेकपा समाजवादीमा आबद्ध भएको खण्डमा मुख्यमन्त्रीद्धयको सरकार टिकाउनलाई विश्वासको मत जुटाउन मद्दत गरिने बताइन् ।

सुनसरीको इनरुवामा आयोजित एक कार्यक्रममा सहभागी हुन आउने क्रममा विराटनगर विमानस्थलमा स्थानीय संचारकर्मीहरुसंगको कुराकानीमा नेतृ झाँक्रीले भदौ २२ गतेसम्म दल छान्ने अधिकार छ ।’ उहाँहरू आउनुभयो भने विश्वासको मत दिलाउन हामी आफैँ खट्ने छौँ ।’ एमालेमै फर्किएको अवस्थामा उहाँहरूले विश्वासको मत लर्नुपर्ने हुन्छ । सरकार अल्पमतमा पर्छ, त्यस कारकाण त्यो प्रक्रियाबाट नै नयाँ बाटो सुरु हुने झाँक्रीले बताइन् ।

उनले मुख्यमन्त्री आचार्य र शाक्यले एमाले रोजेको अवस्थामा मुख्यमन्त्रीद्धयलाई विश्वासको मत दिने भन्ने प्रश्न नै नआउने पनि बताइन् ।

प्रदेश १ का मुख्यमन्त्री आचार्य यसअघि नै आफू एमालेमा आबद्ध भइसकेको बताइसकेका छन् भने बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले अहिलेसम्म आफूलाई कुन पार्टी रोज्ने विषयमा मौन रहँदै आएकी छिन् ।

एक अर्को प्रसङ्गमा नेतृ झाँक्रीले नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने विषयले सरकार बिस्तारमा ढिलाइ नभएको पनि प्रस्ट पारेकी छिन् । उनले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुले दल छान्ने समय बाँकी रहेकाले नेकपा (एकीकृत समाजवादी ) सरकारमा सहभागी हुने बारेमा दलले औपचारिक निर्णय गर्न बाँकी रहेकाले सरकारमा जाने विषयले सरकार बिस्तारमा ढिलाइ भएको भन्ने कुरा अनुमान मात्र भएको बताइन् ।

नेतृ झाँक्रीले नयाँ दल निर्माणको प्रक्रियाका लागि प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई आगामी भदौ २२ गतेसम्म दल छान्ने समय सीमा रहेकाले त्यस पछि केन्द्रसँगै बाँकी रहेका प्रदेशमा पनि समाजवादी सहितको गठबन्धन दलको सरकार निर्णयको प्रक्रिया आरम्भ हुने बताइन् । उनले नेकपा एकीकृत समाजवादी पार्टी वैकल्पिक शक्तिका रूपमा उदाउने तथा मुलुककै कम्युनिस्ट आन्दोलनको मुख्य शक्तिका रूपमा निर्माण हुने दाबी समेत गरिन् ।

एमाले विभाजन भई समाजवादी बनेपछि एमालेमा फर्किएकाले सङ्कट नपर्ने समेत दाबी गरिन । एमालेमा फर्किएका तोस्रो धारका नेताहरूप्रति लक्षित गर्दै नेतृ झाँक्रीले भनिन,‘ हिजो हाम्रो साथमा को,को थिए र को को गए भन्ने विषयले पार्टी निर्माणमा अहिले खासै अर्थ राख्दैन ।

’आन्दोलनको दौरानको ट्रेनमाको चढ्नु भयो र को को झर्नु भयो भनेर र्निक्यौंल हुँदैन ।’ र उहाँहरूलाई हेरेर पार्टी बनाएको पनि हैन ।’ लोभी पार्टीहरू दलअदलवदल गर्ने कामलाई सामान्य रूपमा लिनुपर्ने उनको सुझाव थियो ।