धरान : कोशी कटान क्षेत्रको निरीक्षण गर्न आएको गृहमन्त्री वालकृष्ण खाँणको टोली कोशी कटान क्षेत्रको निरीक्षण गरेर फर्किएको छ ।

सिन्धुपाल्चोक हुँदै गृहमन्त्रीको टोली उदयपुरको बेलका-८ स्थित कोसीले कटान गरेको ठाउँ टप्पुमा हेलिकोप्टरबाट आइपुगेको हो । गृहमन्त्रीको टोलीले सुनसरी, सप्तरी र उदयपुरका प्रमुख जिल्ला अधिकारीहरू र सुरक्षा प्रमुखहरूसँग भेटी कोसी कटानको बारेमा जानकारी लिएको थियो ।

गृहमन्त्रीले कोसी कटानले बस्तीलाई पार्न सक्ने प्रभाव र जोखिम न्यूनीकरणको बारेमा जानकारी लिनुका साथै कोसी कटानको न्यूनीकरण गर्नका लागि गर्नुपर्ने पहल कदमीको बारेमा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरूलाई निर्देशन पनि दिएको थियो ।

कोसी कटानको निरीक्षण पछि गृहमन्त्रीको टोली फर्किएको छ।

Grihamantri1 Grihamantri-2