ओखलढुङ्गा : ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिका ४ का २१ वर्षीय निखिल फुयल करेन्ट लगेर मृत्यु भएको छ।

आज शनिवार बिहान १० बजे माने भन्ज्याङ गाउँपालिका-७ स्थित माझी गाउँमा सोलारको पोलमा चढेर निर्माणाधीन सोलु कोरिडोरको तार तन्काउने क्रममा सोलारको करेन्ट लागेर उनी पोलबाट लडेका थिए।

लडेर घाइते भएका उनको उपचारको जनसेवा उदयपुर घुर्मी हेल्थ केयरमा पुर्‍याउन साथ मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।